Sunday, April 1, 2018

सुनसरीको श्रीपुरमा आगोलागी हुदा क्षणभरमै २० घर ध्वस्त भए

सुनसरीको कोसी गाउँपालिका ६ स्थित श्रीपुरमा आइतबार लागेको आगो गाउँभर फैलँदा क्षणभरमै १५ परिवारका २० वटा भन्दा बढि घर टहरा जलेर नष्ट भएका छन् । बस्तीमा फैलिएको आगो ढेड घण्टापछि निभाइएकोे छ। 

बस्तीमा फैलिएको आगो निभाउन इनरुवा , इटहरी र भारतीय दमकल बोलाइएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । आइतबार मध्यान्ह साढे १२ बजेदेखि लागेको आगो दिउँसो २ बजे नियन्त्रणमा आएको हो ।

आगलागीबाट ३५ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताएका छन् । गहुँ थ्रेसर गर्ने क्रममा आगो सल्किएको थियो । आगलागी भएको स्थान भारतीय सीमावर्ती क्षेत्रमा पर्दछ।  आगलागीबाट अन्नपात लत्ताकपडा सवै जलेका कारण पीडितको बिचल्ली भएको छ।

No comments:

Post a Comment