Sunday, April 1, 2018

घरज्वाइँले लिए छोराको नागरिकता, अंश मागेपछि पोल खुल्यो

मोरङका मिलन परियार कास्कीका धनजीतका ज्वाइँ हुन् । उनी विदेशमा भएका बेला जेठी श्रीमती मनकुमारीले जेठी छोरीको बिहे मिलनसँग गरिदिएका थिए । तर, उनै ज्वाइँले सासुसँग मिलेर छोराको नागरिकता लिएको खुलेको छ ।

नक्कली नागरिकता लिने मिलनसँगै सांक्षी बसेका वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिलन र मनकुमारीसँगै पोखरा महानगरपालिका वडा नम्बर १० का सदस्य सम्मरबहादुर श्रेष्ठ, पूर्ववडाध्यक्ष मनवीर गुरुङ, तत्कालीन वडा सचिव नवराज थापासहित ८ जना पक्राउ परेका हुन् ।

आफ्नै जेठी श्रीमती मनकुमारीको सहयोगमा ज्वाइँले नक्कली नागरिकता बनाएको भन्दै उजुरी दिएका थिए । २०७० साल पुस १७ गते मीलनले झुठो विवरण बुझाएर नागरिकता बनाएको भन्दै उनले श्रीमती र मीलनविरुद्ध उजुरी दिएका थिए ।

लगतै मीलन र मनकुमारीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले साक्षी बसेका वडा सदस्य सम्मबहादुर, पूर्व अध्यक्ष मनवीर, पूर्व वडा सचिव नवराजसहित गोमा तामाङ थापा, धनमाया गुरुङ, नीलम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

‘झुठो विवरण पेश गरी नागरिकता लिएको भन्दै उजुरी परेपछि अनुसन्धान थालिरहेको थियो’ कास्की प्रहरीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले भने, ‘उनीहरुलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।’
धनजीतका अनुसार मनकुमारी उनकी जेठी श्रीमती हुन् । आफू विदेशमा भएको बेला मनकुमारीले मिलनलाई घरज्वाइँ मात्र बनाएनन्, झुटा कागज बनाएर नागरिकता दिलाएका हुन् ।
मिलनले अंश मागेपछि उनले यो थाहा पाएका थिए ।

No comments:

Post a Comment