यसका साथै परीक्षार्थीले विशेष तथा सुलभ डाटा प्याकसँगै हरेक रिचार्जमा बोनस डाटा र एसएमएसको सुविधासमेत लिन सक्नेछन् । सोमवारदेखि लागू योजना ९० दिन सञ्चालन हुने बताइएको छ । परीक्षार्थीले आफ्नो परीक्षाको प्रवेशपत्र र आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई एनसेल सेण्टरबाट सिम लिन सक्नेछन् ।
योजनाअन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा आईप्यम लिक्समा रहेका सामग्री निःशुल्क हेर्न सक्नेछन् ।
सिम सुचारु गर्ने ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरेपछि विनाकुनै अतिरिक्त शुल्क माइफाइभ समूहको ५ ओटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् ।
साथै १ वर्षसम्म ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबी डाटा र १०० एसएमएस बोनसस्वरूप प्राप्त गर्नेछन् । बोनसप्राप्त डाटा तथा एसएमएस २४ घण्टाका लगि मान्य रहने बताइएको छ । यसका साथै कम्पनीले विशेष डाटा प्याकको सुविधासमेत दिएको छ । यस योजनालाई थपआकर्षित बनाएको छ । परीक्षार्थीले डे डाटा प्याकअन्तर्गत करसहित २० रुपैयाँमा ३०० एमबी डाटा लिन पाउनेछन् ।

No comments:
Post a Comment