नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री श्वेता खड्काको "कान्छी" चलचित्र हेरेका छन्।
चलचित्रको विशेष प्रदर्शनमा पुगेर प्रचण्डले "कान्छी" हेरेका हुन्।
चलचित्र हेरेपछि प्रचण्डले परिवारको प्रिय सदस्य गुमाउँदाको पीडालाई शक्तिमा बदलेर सामाजिक काममा सक्रिय भइरहने बताए।
उनले पति गुमाएकी अभिनेत्री श्वेता खड्का र आफ्नो अवस्था एउटै भएको बताउँदै शोकलाई शक्तिमा बदले मात्रै सामाजका लागि केही गर्न सकिने उल्लेख गरे। श्वेताले पनि परिवारको प्रिय सदस्य गुमाउँदा शोकलाई शक्तिमा बदल्नुभएको छ। प्रचण्डले भने, "मैले पनि परिवारको प्रिय सदस्य गुमाउँदाको शोकलाई शक्तिमा बदलेर सामाजिक कार्यक्रमा सक्रिय भइरहने प्रण गरेको छु।"
चलचित्र "कान्छी" रिलिज भएको ४३ औं दिनको आइतवार राजधानीको कुमारी हलमा विशेष प्रदर्शन आयोजना गरिएको थियो ।
विशेष प्रदर्शनमा प्रचण्डसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नयाँ शक्तिकी नेतृ हिसिला यमि, सञ्चार राज्य मन्त्री गोकुल बास्कोटा लगायतले कान्छि चलचित्र हेरे ।
Sunday, April 1, 2018
कान्छी’ हेरेपछि प्रचण्डले भने, ‘श्वेताजी र मेरो अवस्था एउटै
Tags
# entertainment
About KristonGaming
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Related Posts:
entertainment
Labels:
entertainment
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment