Wednesday, March 28, 2018

रक्सी खाएर जनतालाई गाली गर्ने एमालेबाट निर्वाचित वडा अध्यक्ष पक्राउ


झापाको मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । एमाले पार्टीबाट निर्वाचित भएको न्यौपानेलाई मादक पदार्थ सेवन गरेर कार्यालय गएको र जथाभावी बोलेको आरोपमा पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेर वडा कार्यालय पुगेका न्यौपानले सेवाग्राहीलाई जथाभावी गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सेवाग्राहीले खबर दिएपछि वडा कार्यालय पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको ।

तत्कालीन बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत रहँदा उनी मादक पदार्थ खाएर नागरिकलाई सास्ती दिने गरेको स्मरण गराउँछन् स्थानीबासी । अहीले उनको सोही व्यवहारबाट कार्यालयका कर्मचारी समेत हैरान भएका छन् ।

No comments:

Post a Comment