भेनेजुएलाको एक प्रहरी चौकीमा आगलागी हुँदा कम्तिमा ६८ जनाको ज्यान गएको पुष्टि भएको छ । यसअघि पाँचजनाको मात्रै ज्यान गएको पुष्टि गरेको सरकारले घटनामा ६८ जनाको ज्यान गएको पुष्टि गरेको हो ।
काराबोबो राज्यको भ्यालेन्सिया शहरमा रहेको प्रहरी चौकीमा आगलागी हुँदा त्यहाँ रहेका कैदी बन्दीको ज्यान गएको हो । घटनाको कारणबा बारेमा तत्काल अनुसन्धान हुने राज्यका प्रमुख तारेक साबाले बताएका छन् ।
कैदीले भाग्ने प्रयासमा म्याट्रेसमा आगो लगाउँदा आगलागी सुरु भएको खबर छ । प्रहरीले चौकी बाहिर जम्मा भएका बन्दीका आफन्तको प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ ।
उनी अरु प्रहरीको घेरा तोडेर आगलागी भएको जेलमा रहेको आफन्तलाई बाहिर ल्याउने प्रयासमा थिए । प्रदर्शनको क्रममा एक प्रहरी अधिकारीको ज्यान गएको छ ।
अहिले काराबोबो राज्यमा शोकको घोषणा गरिएको छ । भेनेजुएलाका बन्दी गृहमा क्षमता भन्दा धेरै कैदी हुने गरेका छन् । उनीहरु हतियार, लागुऔषध तथा गुटका साथ हुने गर्छन् ।
Wednesday, March 28, 2018
Home
/
national news
/
news
/
भेनेजुएलाको प्रहरी चौकीमा भीषण आगलागी | ६८ कैदी बन्दीको ज्यान गएको पुष्टि
भेनेजुएलाको प्रहरी चौकीमा भीषण आगलागी | ६८ कैदी बन्दीको ज्यान गएको पुष्टि
About KristonGaming
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Related Posts:
news
Labels:
national news,
news
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment