- डिहाइड्रेसनः पानी अभावमा शरिरमा डिहाइड्रेसन हुन्छ। डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ।
- कब्जियतः शरिरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ।
- शरिरको तापक्रम बृद्धि गर्छः शरिरमा पानीको मात्र कम हुद शरिरको तापक्रम घट्छ। शरिरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ।
- पेटको अल्सरः शरिरमा पानीको अभावमा पेटको अल्सर हुन्छ। पेटमा म्युकोसको निर्माण हँदैन। यसले पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ।
- जोर्नी दुख्छः जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ। जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरिर पोल्ने र जोर्नीमा पीडा हुन्छ।
- रक्तचाप घट्छः रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ। तसर्थ शरिरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ।
- मुटुको धड्कन बढ्छः जब शरिरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ।
- पाचन प्रणालीमा समस्याः पानी शरिरको एउटा महत्वपूर्ण पर्दाथ हो जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुयाउछ र पाचन प्रणालीलाई सफा बनाउछ। पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ।
- कमजोर र धमिलोः शरिरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन् जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न गर्छ। यसले हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ।
पानी कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण लगायत हुन्छ। शरिरमा पानीको अभावमा स्वास्थ्यमा निम्न समस्या हुन्छन् :

No comments:
Post a Comment