सुर्खेतमा मृत भेटिएकी युवतीको प्रहरीबाटै हत्या भएको खुलेको छ। सुर्खेतमा कार्यरत प्रहरी जवान हरि कोइराला हत्या आरोपमा पक्राउ परेका छन्।
मृत युवती गोरीकला रोकाय एसइईमा सामेल परीक्षार्थी हुन्। उनको सोमबार मृत्यु भएको थियो। प्रहरी जवान कोइरालासँगै खाजा खाएर फर्कने क्रममा उनी मोटरसाइकलबाट झरेकी थिइन्। गम्भीर घाइते भएकी उनलाई अस्पताल लैजानुको सट्टा कोइरालाले कोठामा सुताएर भागेका थिए।
स्थानीय लक्ष्मीप्रसाद बाँस्तोलाले प्रहरी जवान कोइरालालाई युवतीसँग चिनजान गराइदिएका थिए। कोइरालाले 'युवती चाहिएको' बताएपछि आफूले भेटाइदिएको बाँस्तोलाले बयान दिएका छन्। सोही दिन तीन जना जंगलमा बसेर मदिरा र खाजासमेत खाएको खुलेको छ।
घटनामा जोडिएका बाँस्तोला पनि पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानमा दुर्घटना जस्तो देखिएको र अनुसन्धानपछि मात्रै थप रहस्य खुल्ने सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले बताए
Thursday, March 29, 2018
सुर्खेतमा प्रहरीले नै युवतीको हत्या गरेको खुलासा
About KristonGaming
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Related Posts:
news
Labels:
national news,
news
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment